दफा ३६
शङ्का लागेमा वा आधार भएमा तलासी गर्ने
कसैले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी बा चोरी पैठारी गरी ल्याएको छ वा चोरी निकासी गरी लिई जान लागेको छ वा प्रतिबन्धित मालवस्तु निकासी वा पैठारी गरेको छ वा गर्न लागेको छ भनी विश्वास गर्नुपर्ने मनासिब आधार वा कारण भएमा वा शङ्का लागेमा भन्सार कार्यालयको जुनसुकै कर्मचारीले त्यस्तो व्यक्ति वा जुनसुकै साधनलाई रोक्का गर्न र त्यस्तो व्यक्ति वा त्यस्तो सवारी साधनको तलासी लिन सक्नेछ ।